काँग्रेस र माओवादीलाई भोट हाल्न माधव नेपालको आग्रह
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आवद्ध सबै दलका उम्मेदवारलाई भोट हाल्न निर्देशन दिनुभएको हो ।
नेपाली काँग्रेस, माओवादी केन्द्रसहित गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई भोट हालेर निर्वाचित गर्न आह्वान गर्दै अध्यक्ष नेपालले अझै पनि कतिपय ठाउँमा सहमतिको प्रयास भइरहेको जानकारी दिनुभयो ।
सो क्रममा उहाँले वडा तहमासमेत तालमेल गर्न गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । ‘पालिका प्रमुखमा जस्तै वडामा पनि मिलाएर जानेबारे अहिले पनि सहमतिको प्रयास जारी छ,’ उहाँले भन्नुभयो ।
आजै गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै अध्यक्ष नेपालले सहमतिका साथ अघि बढ्ने दोहोर्याउनु भयो । बैठकले गठबन्धन दलबीच सहमति कायम गरेर साझा उम्मेदवारलाई निर्वाचित गराउने विषयमा महत्वपूर्ण छलफल गर्ने जानकारी दिनुभएको छ ।
टिप्पणीहरू