डिआइजी रञ्जनले श्रीमतीको लाश पोल्दापोल्दै जसले समातेकी थिइन् : सुनिता दोङको नामसमेत सोत्तर
नैतिकताको बलमा चल्ने राजनीति कति बेइमान भयो भने, इज्जत–धर्मको ख्यालै गरिँदैन । कम्युनिष्ट भाष्यअनुसार अहिलेको प्रधान अन्तरविरोध कांग्रेससँग हो तर अहिले तीन वटा कम्युनिष्ट घटक उसैसँग गठबन्धन गर्दै चुनावमा छन् । अर्को कम्युनिष्ट घटक एमाले कमल थापा, राजेन्द्र लिङ्देनजस्ता यो व्यवस्था नै रहनुहुँदैन भन्नेसँग मिलेको छ ।
वीरगञ्ज गए व्यापारी विजय सरावगी, विराटनगर नजिकै रंगेली पुगे अर्का व्यापारी दिलिप बगडिया एमालेका उम्मेदवार छन् । अर्थात्, ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा जनताका लागि हैन, आफ्नैलागि चरितार्थ पारिएको छ ।
यससँगै मनोनयनपत्र दर्ताका दिन विभिन्न रमिता देखिएका छन् । पोखरामा अघिल्लो दिनसम्म एमाले उम्मेदवार दिपक पौडेल थिए तर सुनकाण्ड उछालिँदा मनोनयन दर्ता कृष्ण थापाले गरे । मकवानपुरको थाहा नगरमा अघिल्लो दिन विष्णुप्रसाद ढकाल मेयरका उम्मेदवार थिए, भोलिपल्ट अच्युतमप्रसाद ढकालले टिकट पाए । विष्णु ०७४ को चुनावमा उठेर हारेका हुन् । अहिले विरोध खतिवडासँग नजिक रहेको भनी कसैले बालकोटलाई पोल लगाइदियो ।
त्यसमाथि उनी आफैँ १० बुँदे पक्षधर । त्यसैले पार्टीका नगर अध्यक्ष अच्युत त्यहाँको उम्मेदवार बन्न पुगे । हेटौंडामा जिल्ला कमिटीको बैठक बस्दा अध्यक्ष एकलाल श्रेष्ठ र सहजकर्ता बलराम बलले अच्युतको नामसम्म लिएका थिए तर त्यहाँ र प्रदेशबाट समेत सिफारिस भएको हैन । बरु सशस्त्रका डिआइजी रञ्जन कोइरालाले श्रीमती गीता ढकालको लाश पोल्दापोल्दै थाहा पाएर लखेट्ने वडा नम्बर ११ की सदस्य सुनिता दोङलाई टिकट दिँदा हुन्छ भन्ने मत बलियो थियो ।
यसका बाबजुद शशिधर सुवेदीलाई २ नम्बरमा नाम राखेर अघिल्लो दिन विष्णुकै नाम आयो । रातभरि कसैले कुरा लगाइदिएपछि बल्ल विष्णुको बाटो रोकियो । उनीसँगै ०७४ मा हारेकी कल्पना बलामीले उपमेयरको टिकट पाइन् । चमेली वाइबाको नाम पनि कट्यो ।
सर्लाहीको लालबन्दीमा बहालवाला मेयर मानबहादुर खड्काले पार्टीको टिकटमा आफ्नो नाम भरेर बिहान ८ बजे उम्मेदवारी दिए । दिउँसो गोपी महतले केन्द्रको टिकट लगेर दर्ता गराए । शुरुमा .एउटाले दर्ता गरिसक्यो भनेर निर्वाचन अधिकृतले गोपीको नाम दर्ता गर्न मानेनन् । उनी पुगेपछि आयोगले पार्टीलाई सोध्यो र बेलुकी पौने ५ बजे सर्प प्रतिष्ठानवाला मानबहादुरको उम्मेदवारी रद्द गरिदियो । नापीका सीमाविद बलराम पोख्रेल पनि हेरेको हे¥यै भए ।
काठमाडौंका दक्षिणकाली, नागार्जुनतिर उम्मेदवार को हुन् भन्ने कुरा बालकोटले ‘फुर्के थैली’ नखोलुञ्जेल कसैलाई थाहा थिएन । टिकटको टुंगो नभएपछि काठमाडौं महानगर ३ का दीपक केसी अन्तिम अवस्थामा पार्टी फेरेर एसको उम्मेदवार भए । उनले ०४९ सालदेखिका क्ुनै पनि चुनाव हारेका छैनन् ।
बुबा र हजुरबुबा पञ्चायतकालभरि बाँसबारीका प्रधानपञ्च । ललितपुरको भैंसेपाटी २५ वडामा पौने ५ बजेसम्म टिकट एउटासँग थियो, त्यसपछि अर्कैले फुत्कायो । इलाम नगरपालिकामा पहिला नरेन्द्रनाथ भट्टराईले टिकट पाए । यसप्रति असन्तोष व्यक्त गर्दै कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरे । यसपछि धीरेन्द्र चेम्जोङले उठ्न पाए ।
नुवाकोटमा त्यस्तै भयो । कैलाश एयरको हेलिकोप्टर चढेर एमाले कार्यालयमा छिरेका दुप्चेश्वर कांग्रेसका अध्यक्ष योविन्द्रसिंह तामाङले त्यहाँबाट टपक्क टिकट टिपे । र, फर्किएर गाउँमा नोमिनेशन गरिदिए । जिल्लामा कुरा टुंग्याएर उम्मेदवार बन्न ठिक्क परेका नेता हेरेको हे¥यै ।
यसप्रकार एमालेका मेयर उम्मेदवारको हकमा अध्यक्ष ओली आफैँले स्क्रिनिङ गरेर नामहरु टुंग्याएको बताइन्छ । उहाँले काठमाडौंको १० मध्ये ८ वटा नगरपालिकाको मेयर र वडाध्यक्ष आफैंले फेर्नुभएको थियो । केन्द्रले महानगर र उपमहानगरको अधिकार लिएको र बाँकी तल्ला कमिटीले गर्ने भन्ने मापदण्ड त भन्नुमात्रै रहेछ ।
टिप्पणीहरू