प्रधानमन्त्रीका कार्यकर्ताहरुद्वारा धमाधम राजीनामा
स्थानीय तहको निर्वाचनमा बाँडिएको उम्मेदवारको टिकटमा धाँधली र पक्षपात भएको आरोप लगाउँदै विभिन्न जिल्ला र स्थानीय तहका काँग्रेसी नेताहरुले भटाभट पार्टी छाडेका छन् । सो क्रम पछिल्लो पटक कैलालीमा समेत देखिएको छ ।
नेपाली काँग्रेसको तर्फबाट कैलालीका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले हिजो पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको जिम्मेवारीबाट राजीनामा दिनेमा वडाध्यक्ष दिपक थापा,पूर्ववडा सभापति अनन्तराज जोशी,छत्र बडेला सहितका ५७ जना कार्यकर्ता भएको बताइएको छ । टिकट वितरणमा भएको धाँधली नरोकिए राजीनामाको क्रम पनि नरोकिने उनीहरुले उल्लेख गरेका हुन् ।
टिप्पणीहरू