भारतीय कार्यवाहकद्वारा मन्त्री र सचिवसँग पालैपालो भेट
भारतीय कार्यवाहक राजदूत नाम्ग्या सि खम्पाले हिजो परराष्ट्रमन्त्री र सचिवसँग पालैपालो भेट गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग खम्पाले दिउँसो सवा १ बजेदेखि करिब २० मीनेट भेटवार्ता गरेकी हुन् । त्यहाँबाट उनी दिउँसो साढे १ बजे निस्केकी थिइन् ।
त्यसअघि परराष्ट्र सचिव भरतराज पौड्यालसँग उनले मन्त्रालयमै भेट गरेकी थिइन् । भारतीय कार्यवाहक राजदूत खम्पा र परराष्ट्र सचिवबीच मध्यान्ह साढे १२ बजेदेखि १ बजेसम्म बजेसम्म भेटवार्ता भएको हो ।
नेपालका लागि भारतीय राजदूत विनमोहन क्वात्रा विदेश सचिवमा बढुवा भएर जिम्मेवारी सम्हाल्न नयाँ दिल्ली गएपछि खम्पा चार्ज डे अफेयर्सको रुपमा कार्यरत छिन् । भारतले नयाँ राजदूतको घोषणा गरिसकेको छैन ।
टिप्पणीहरू