‘नो भोट’को व्यवस्था कार्यान्वयन नभएकोमा सर्वोच्चमा मुद्दा दर्ता

‘नो भोट’को व्यवस्था कार्यान्वयन नभएकोमा सर्वोच्चमा मुद्दा दर्ता

कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने व्यवस्था (राइट टु रिजेक्ट) कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिहीबार ‘राइट टु रिजेक्ट’ अर्थात् ‘नो भोट’को व्यवस्था कार्यान्वयनमा नआएको भन्दै सरोकारवालाहरुविरुद्ध अवहेलनामा कारवाहीको माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानूनमन्त्री गोविन्द बन्दी, निर्वाचन आयोगका पदाधिकारीहरुलाई विपक्षी बनाएका छन् ।

सर्वोच्च अदालतले मतपत्रमा उम्मेदवारहरुलाई मत दिन्न भन्ने व्यवस्था पनि समावेश गर्नु भनी सरकारका नाममा आदेश जारी गरिसकेको छ ।

टिप्पणीहरू