भित्र महाधिवेशन,बाहिर प्रदर्शन

भित्र महाधिवेशन,बाहिर प्रदर्शन

मङ्गोल नेशनल अर्गनाइजेसनको पाँचौ राष्ट्रिय महाधिवेशन ललितपुरमा शुरु हुने क्रममा विवाद निम्तिएको छ । ललितपुर महानगरपालिका-९ भोलढोकास्थित ज्यापू समाजको हलमा बिहान साढे १० बजेबाट महाधिवेशन शुरु गर्ने तयारी थियो ।

डाक्टर गोपाल गुरुङले महाधिवेशनको बन्द सत्रमा प्रदेश न १ का संयोजक शक्ति चाम्लिङ्ग राईलाई पदबाट हटाएको विषयमा विवाद उत्पन्न समेत भएको छ ।

हलभित्र महाधिवेशन गर्न खोजिए पनि बाहिर प्रदर्शन भएको स्रोतले जनाएको छ । संयोजक पदबाट हटाइएका चाम्लिङ्ग राईले पनि उम्मेदवारी दिएका छन् । तर, राईका समर्थकहरुले उनको पुनर्वहालीको माग राख्दै नारा लगाइरहेका छन् ।

मोनोटोनश नेतृत्व चाहिदैन, मंगोल फुटाउन पाईदैन, मंगोल मंगोल एक हौं, सामुदायिक मोनोपोली मूर्दावाद,ब्राह्मणवादी तानाशाही शैलि चाहिदैन,संगठन फुटाउन पाईदैन, शक्ति चाम्लिङराई जिन्दावाद लगायतका नारा लगाएका छन् ।

टिप्पणीहरू