माओवादीबाट हाम फालेर एमाले बनेका पाठकको उम्मेदवारी खारेज
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकामा उम्मेदवारी दिएका तीन जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका अनुसार उपमहानगरको वडा नम्बर १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठक,वडा नम्बर ३ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नम्बर ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।
पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । उनी मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौंलागाईले जानकारी दिए ।
त्यस्तै, उपमहानगरपालिका वार्ड नम्बर ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
टिप्पणीहरू