काठमाडौं महानगरमा उठेका लोसपाका उम्मेदवारहरुको उम्मेदवारी खारेज
लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट काठमाडौँ महानगरपालिकामा दिइएको उम्मेदवारी खारेज भएको छ । लोसपाको तर्फबाट दिइएको प्रमुख र उपप्रमुख पदको उम्मेदवारी खारेज भएको हो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोसपाको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन २०७३ को दफा १७ को उपदफा ४ मा मेयर र उपमेयरमा ५० प्रतिशत महिला अनिवार्य गरिएको छ ।
सोअनुसार लोसपाले उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व नगराई दुवै जना पुरुषलाई मेयर र उपमेयरको टिकट दिएको थियो । जसमा प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्गीलाई उठाइएको थियो ।
टिप्पणीहरू