सत्तारुढ दलको गठबन्धन आफूले नबुझेको राजेन्द्र महतोको दावी

सत्तारुढ दलको गठबन्धन आफूले नबुझेको राजेन्द्र महतोको दावी

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् । आज काठमाडौंमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै महतोले उक्त कुरा बताएका हुन् ।

‘सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने ?,’ उनको जिज्ञासा थियो । ‘सत्ता पक्षका पार्टीहरुले जुन गठबन्धन गरेका छन्, त्यो कुन पार्टीको मान्यता हो ? कुन पार्टीको मत भनेर जनताले बुझ्ने हो ? देश र दुनियाँले के बुझ्ने हो ?,’ उनको प्रश्नै प्रश्न हो यो ।

नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भए पनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको बताएका छन् । देश र दुनियाँले नबुझ्ने गरी सत्ता पक्षका दलहरुले गठबन्धन बनाएर चुनावमा गएकोमा नेता महतोले आफूले समेत नबुझेको उल्लेख गरेका हुन् ।

टिप्पणीहरू