सूर्य चिन्हका उम्मेदवारको उम्मेदवारी रहेन

सूर्य चिन्हका उम्मेदवारको उम्मेदवारी रहेन

समानुपातिकको बन्दसूचीमा नाम समावेश भएको पाइएपछि धनगढी उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार विष्णुकुमारी बिकको उम्मेदवारी रद्द भएको छ । नेपाल परिवार दलको तर्फबाट बिकले धनगढीको उपप्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् ।

समानुपातिकको बन्दसूचीमा नाम समावेश भेटिएपछि उनको उम्मेदवारी रद्द भएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयनन्द पनेरुले बताए । होलिवाइनका नाइके भनेर प्रख्यात एकनाथ ढकाल अध्यक्ष रहेको परिवार दलले एमालेको चुनाव चिन्ह लिएर निर्वाचन लड्दैछ ।

त्यस्तै, धनगढी-५ मा माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा,वडा नम्बर ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी एकीकृत समाजवादी की पार्वतीदेवी भाट, वडा नम्बर ६ बाट राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारीसमेत रद्द भएको छ ।

धनगढी–६ को वडाध्यक्षमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका दिलीपराज भण्डारी, वडा नम्बर ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नम्बर १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवी स्नेहीको नामसमेत खारेज गरिएको पनेरुले बताए ।

टिप्पणीहरू