विप्लवले कुन–कुन नेतालाई उठाए ?

विप्लवले कुन–कुन नेतालाई उठाए ?

चुनावमा भाग लिने र नलिने भन्ने विषयले औपचारिक फुटको संघारमा पुगेको नेकपाको विप्लव समूहमा अनेक रमाइला देखिन थालेका छन् ।

सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला (कञ्चन) ले उम्मेदवारी दिएकालाई फिर्ता लिन पूरक विज्ञप्ति जारी गर्ने र त्यसको काउन्टरमा केन्द्रीय कार्यालयबाट केन्द्रीय नेताहरुलाई नै टिकट बाँडेर फिल्डमा खर्च पठाउने क्रम चलिरहेको छ ।

यसबीच विप्लव खेमाले देशभरि उम्मेदवारी दिनेको संख्या साढे चार सय पु¥याएको छ । ७ जना केन्द्रीय सदस्यलाई मैदानमा उतारेको सो खेमाबाट उम्मेदवार हुनेमध्ये पोखरा महानगरपालिकाको मेयरमा सल्लाहकार किसन गुरुङ छन् भने चितवन, रत्ननगरको मेयरमा जिल्ला सचिव मीनप्रसाद सापकोटा उठेका छन् ।

कालिकोटमा पूर्वसांसद धीरेन्द्र उपाध्याय (भृकुटी) गाउँपालिका अध्यक्षमा सहित अर्का केन्द्रीय सदस्य चेतन बिसी पनि छन् । कपिलवस्तुको शिवराज नगरपालिकामा पनि सिसिएम भेषराज भुसालको उम्मेदवारी परेको छ ।

केशबहादुर बाठा ‘सुवास’ र अमर झाँक्रीसहित अर्का केन्द्रीय सदस्य चूडामणि ओली पनि रोल्पाबाट चुनाव लडिरहेका छन् । ७ जना केन्द्रीय सदस्यमध्ये सिन्धुलीको हरिहरपुरगढीमा शशी राईको नामले चिनिने ब्रतबहादुर राई उम्मेदवार छन् ।

अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला प्रचण्ड खेमाबाट कुटाइ खाइरहने मजदुरका पूर्वअध्यक्ष योगेन्द्र कुमालले आफैं सहइञ्चार्ज रहेको गोरखामा उम्मेदवारी दिएका छन् । उनी गरिब र शहीद परिवारका हुन् । पार्टी नफुट्दासम्म ज्यान सुरक्षा गरिपाऊँ भनी पर्चा छपाएर पेरिसडाँडा गइरहन्थे ।

टिप्पणीहरू