दोलखाका प्रिय नेताको काठमाडौंमा सम्झना
दोलखाका लोकप्रिय नेता स्व.पशुपति चौलागाईंको प्रथम स्मृति दिवस मनाइएको छ । नेकपा एकीकृत समाजवादीनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा आज स्मृति दिवस मनाइएको हो ।
कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसको सभाहलमा ‘हाम्रो आदर्श हाम्रो धरोहर,समाजवादी बाटोका हाम्रा अगुवा’ मूल नाराका साथ पशुपति चौलागार्इं प्रथम स्मृति दिवस कार्यक्रम आयोजना गरिएको हो ।
दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुनुहुन्थ्यो । दोलखा जिल्ला अध्यक्ष भुवन सिंह थापालगायतको कार्यक्रममा उपस्थिति थियो ।
चौंलागाईंको गत वर्ष कोरोना संक्रमणका कारण निधन भएको हो । उहाँ नेकपा एमालेको औपचारिक विभाजन नहुँदै माधवकुमार नेपाल समूहतर्फ सक्रिय हुनुहुन्थ्यो ।
टिप्पणीहरू