भोलि र पर्सीसम्म पानी पर्न सक्ने

भोलि र पर्सीसम्म पानी पर्न सक्ने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मुलुकका विभिन्न भागमा हिजोदेखि वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पूर्वदेखि मध्यपश्चिमसम्म न्यून चापीय प्रणाली देखिएको छ । त्यसैगरी भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेकाले पानी पर्ने र बदली भएको हो ।

हिजोदेखि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ । आज दिउँसो र राति पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

उक्त मौसमी प्रणालीका कारण अझै एक वा दुई दिन वर्षा हुने मौसमविद्हरुले जानकारी दिएका छन् ।

टिप्पणीहरू