आहा ! मनै लोभ्याउने राजधानीका सुन्दर पार्क (फोटोफिचर)
धुलो, धुँवा, भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? हामीलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर होइन राजधानीमा सुन्दर र शान्त अनि खुला ठाँउ पनि छन् । जहाँ हजारौं मानिस फुर्सदको समय सोही स्थानमा बिताउँछन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र नीजि क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् ।
पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ । व्यस्त दिनचर्याबाट केही समय छुट्याएर हिजोआज राजधानीवासी घुम्न निस्कन थालेका छन् ।
लामो बिदामा टाढा घुम्न जाने संस्कृति पनि विकास भएको छ । तर छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन थालेका छन् । हेर्नुहोस्, यिनै खुला स्थान र पार्कका तस्बिरहरु आजको फोटो फिचरमा ।









टिप्पणीहरू