रुसी राष्ट्रपतिलाई भेट्ने जेलेन्स्कीको इच्छा,पुटिनद्वारा पूर्ण बेवास्ता

रुसी राष्ट्रपतिलाई भेट्ने जेलेन्स्कीको इच्छा,पुटिनद्वारा पूर्ण बेवास्ता

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने चाहना व्यक्त गरेका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो ।

‘रुसमा राष्ट्रपति पुटिनले नै हरेक निर्णय गर्ने भएकाले,’ आफूले उनलाई भेट्न चाहेको उनले बताए । तर, रुसी हमला भइरहँदा त्यसो गर्दा वार्ता ओझेलमा पर्ने जोखिम रहेको युक्रेनी राष्ट्रपतिको बुझाइ छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताउँदै आएका छन् ।

उता अमेरिकी रक्षा मन्त्रालयले रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि ‘अत्याचार’ गरेको आरोप लगाएको छ । मन्त्रालयका प्रवक्ता जोन किरबाइले पुटिनले अत्याचार गरेको बताएका हुन् ।

टिप्पणीहरू