मौसम बिग्रेपछि आन्तरिक हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आजका हवाई उडान सामान्य प्रभावित भएको छ ।
मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानहरुलाई उडान र अवतरणमा अप्ठेरो उत्पन्न भएको हो । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा समेत उडान सामान्य प्रभावित बनेको छ ।
विशेषगरी देशको पूर्वी भेगमा बढी वर्षा भएकाले त्यसतर्फका उडान प्रभावित भयो । बुद्ध एयरको तुम्लिङटार उडान रद्द भएको छ । विराटनगर विमानस्थल पनि दिउँसो अबेर मात्रै खुलेको थियो । मुलुकका पश्चिम भेगका विमानस्थलमा भने खासै समस्या भएन ।
यति एयरलाइन्सले आजको मौसम खराबीले काठमाडौंसहित देशभरका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको जनाएको छ । यति एयरलाइन्सका कुनै पनि उडान भएनन् तर धेरै उडान डाइभर्ट भएका थिए ।
काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।
टिप्पणीहरू