शहरी विकास मन्त्री अमेरिकाबाट फिर्ता

शहरी विकास मन्त्री अमेरिकाबाट फिर्ता

न्यूयोर्कस्थित आवाससम्बन्धी एउटा बैठकलाई सम्बोधन गर्न अमेरिका पुग्नुभएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री एक साता उतै बिताएर फर्कनुभएको छ । उहाँ कतार एअरवेजको उडानमा हिजो साँझ दोहा हुँदै काठमाडौं आइपुग्नुभएको हो ।

हिजो अधिकांश मन्त्री तथा उच्चपदस्थ अधिकारी र काठमाडौंस्थित कूटनीतिज्ञहरु भने राजधानी भित्रिने र बाहिरिने गरेका छन् । प्रधानमन्त्री पत्नी तथा काँग्रेस नेतृ डा.आरजु राणा श्री एयरलाइन्सको उडानमा हिजो बिहान साढे ७ बजे काठमाडौंबाट धनगढी जानुभएको छ ।

हिजै बुध्द एयरको काठमाण्डौ- भद्रपुर उडानमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत अन्ना एलिजाबेथसहित ७ जनाको टोली बिहान साढे ७ बजे त्यसतर्फ गएको छ ।

बुध्द एयरको बिहान सवा ८ बजेको उडानमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव सिमराबाट काठमाडौं आउनुभएको छ भने पर्यटमन्त्री प्रेमबहादुर आले दिउँसो सवा १ बजे श्री एयरलाइन्सको उडानमा राजधानीबाट धनगढी जानुभएको विमानस्थल स्रोतले पुष्टि गरेको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री ईश्वर पोखरेल साढे १ बजेको उडानमा पोखरा पुग्नुभयो भने पूर्वमन्त्री तथा राप्रपा नेता दिपक बोहरा यति एयरलाइन्सको उडानमा दिउँसो साढे २ बजे काठमाडौंबाट भैरहवा जानुभयो ।

यति एयरलाइन्सकै उडानमा हिजो दिउँसो साढे २ बजे पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया भैरहवा जानुभएको छ । जनकपुरबाट दिउँसो साढे ४ बजे बुध्द एअरको उडानमा पूर्वमन्त्री गिरिराजमणि पोखेरेल काठमाडौं आउनुभएको छ ।

त्यसैगरी हिजै बुद्ध एयरको नेपालगन्ज–काठमाडौं उडानबाट एमाले महासचिव शंकर पोख्रेल साँझ सवा ७ बजे राजधानी आइपुग्नुभएको छ ।

टिप्पणीहरू