माओवादीले जथाभावी गरेको आरोपमा प्रदेश इञ्चार्ज परिवर्तन
नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्दा जथाभावी निर्णय गरेको भन्दै सुदूरपश्चिम प्रदेशका इञ्चार्जलाई हटाएको छ । केन्द्रको निर्देशन र तल्ला तहका कमिटीलाई लत्याउँदै इञ्चार्जले उम्मेदवार छनौटमा मनमौजी गरेको आरोपमा सुदूरपश्चिमका इञ्चार्ज खगराज भट्टलाई हटाएको हो ।
पार्टीले भट्टको अधिकार खोसेर प्रदेश समितिका अध्यक्ष हरिराम चौधरीलाई इञ्चार्जको समेत जिम्मेवारी दिएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवार छान्ने क्रममा व्यक्तिगत निर्णय लादेको आरोपमा माओवादी केन्द्र र नेपाली काँग्रेस पार्टीका कतिपय नेता विवादमा तानिएका छन् ।
टिप्पणीहरू