नुवाकोटमा पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध

नुवाकोटमा पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीको तर्फबाट नुवाकोटमा उम्मेदवार बनेकी महिला सदस्य निर्विरोध भएकी छन् । बेलकोटगढी नगरपालिकामा उक्त पार्टीको तर्फबाट दलित महिला सदस्य उम्मेदवार निर्विरोध भएको घोषणा गरिएको छ ।

बेलकोटगढी नगरपालिकाको वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट दलित महिला उम्मेदवार रहेकी ठूली कान्छी नेपाली निर्वाचित भएकी हुन् ।

यसअघि उक्त पार्टीका तीन दर्जनबढी उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

टिप्पणीहरू