एमाले अध्यक्षलाई काँग्रेसका झापाली महामन्त्रीको जवाफ
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले एक्लै लड्ने भनेर प्रचार गरिएको सम्बन्धमा जवाफ फर्काएका छन् । शर्माले सत्ता गठन्धनका पाँच दलसँग एमाले एक्लै लड्ने भनेर ओलीले भने पनि कमल थापा बोकेर हिँडेको आरोप लगाएका हुन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले, ‘अघिल्लोपटक पनि राप्रपाको सहारा टेकेको एमालेले अहिले कमल थापालाई बोकेको,’ बताए । शर्माले केही समयअघि ओलीले सत्ता गठबन्धन एक किलो र एमाले एक क्विण्टल भएको सन्दर्भमा पनि जवाफ दिएका छन् । उनले भने, ‘ठीकै छ, गठबन्धनका दलहरु एक एक किलोको ढक हुन् । उहाँको पार्टी क्विन्टल नै हो । तर पाँच दल एक एक किलोका भए पनि ती सुनको किलो भएको र एमाले एक क्विन्टलको आलु हो ।’
शर्माको तर्क छ, ‘एक क्विन्टल आलु र पाँच किलो सुनको हिसाब बजारमा गएर सोध्यो भने ओलीलाई थाहा हुन्छ वास्तविकता के हो ? त्यसैले हिसाब आउँदैन भने बरु हामी सिकाइदिउँला ।’
टिप्पणीहरू