गठबन्धनको निर्णय पालना नगर्नेलाई सम्बन्धित दलले कारबाही गर्ने

गठबन्धनको निर्णय पालना नगर्नेलाई सम्बन्धित दलले कारबाही गर्ने

पाँच दलीय गठबन्धनको आज बसेको बैठकमा निर्णय कार्यान्वयन नगर्ने बागी उम्मेदवारहरलाई सम्बन्धित दलले कारबाही गर्ने सहमति भएको छ । आज बसेको निर्वाचनका लागि गठबन्धन दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले समझदारीबमोजिम उम्मेदवारी फिर्ता नभएका र हुन नसकेका विषयमा दुई वटा निर्णय गरेको हो ।

जसअनुसार गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारीअनुरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफना मातहतका निकायहरुलाई निर्देश गर्ने भनिएको छ ।

त्यसैगरी गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने र उक्त निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारवाही गर्ने निर्णय गरिएको बताइएको छ ।

टिप्पणीहरू