सुनिता डंगोलले महिलालाई हरेक महिना ‘महिनावारी बिदा’ दिने

सुनिता डंगोलले महिलालाई हरेक महिना ‘महिनावारी बिदा’ दिने

नेकपा (एमाले) को तर्फबाट काठमाडौँ महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफू निर्वाचित भएमा महिला कर्मचारीलाई हरेक महिना महिनावारी बिदा दिने बताएकी छन् । उनले कार्यस्थलमा महिलाहरु सुरक्षित हुने वातावरण तय गर्ने प्रतिबध्दता जनाउँदै उक्त योजना पस्केकी हुन् ।

आज श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले महिला कर्मचारीलाई महिनावारीको समय बिदा दिन आवश्यक नीति तथा कार्यक्रम अघि सार्ने उल्लेख गरेकी हुन् ।

उनले भनिन्,‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले बुझ्दैनन् । त्यसैले महिला कर्मचारीलाई महिनावारीमा बिदा दिन हामी नीति तथा कार्यक्रम अघि सार्नेछौं ।’ उनले महिनावारीको पीडा महिलाले मात्र बुझ्ने भने पनि महानगरको मेयरमा पुरुष अर्थात केशव स्थापित उठेका छन् । बरु काँग्रेसले सिर्जना सिंहलाई उठाएको छ ।

उनले सोही कार्यक्रममा प्रमुख अतिथि रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मख्ख पार्दै मुलुकको निम्ति ओली पुनः प्रधानमन्त्री हुन आवश्यक रहेको बताइन् । तर महिलाको पीडा महिलाले मात्र बुझ्ने पुरुषले बुझ्दैनन् भन्ने उपमेयरकी उम्मेदवार सुनिताले मेयरमा उठेका एमालेका स्थापित र प्रधानमन्त्री प्रस्ताव गरेकी ओली महिला नभएकोतर्फ भने ध्यान नदिएको प्रष्ट भएको छ ।

टिप्पणीहरू