इद कहिले, भोलि कि पर्सि ?
यो वर्ष मुस्लिम समुदायले मनाउने इद पर्वको बारेमा आजसम्म सबैजना अनभिज्ञ देखिन्छन् । इद उल फित्र पर्व एक महिनाको ब्रत रोजा सकिएको दिन साँझमा चन्द्रमा देखिएमा भोलिपल्ट इद मनाउने गरिन्छ ।
मुस्लिम धर्मावलम्वीहरुको एक महिने ब्रत आज साँझ सकिँदै छ । आज राति आकाशमा चन्द्रमा देखिए त्यसको भोलि यो पर्व मनाइन्छ । इदको दिन शुभकामना आदानप्रदान गर्दै मिठा परिकार खाएर ब्रत समापन गर्छन् । सोही दिन नमाज पनि पढिन्छ ।
मुस्लिम धर्मावलम्बीहरुको हिज्री पात्रोअनुसार आज बेलुकी ६ बजेबाट अर्को महिना सावल लाग्छ । आजै चन्द्रमा देखिएमा भोलि इद मनाउने प्रचलन छ । आज चन्द्रमा नदेखिएमा भोलि रात चन्द्रमा हेरेर मात्र पर्सि इद मनाइन्छ ।
इदमा नेपाल सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । तर यस पटक यो पर्व कहिले पर्छ भन्ने यकिन नभएकाले सरकारले आज यो बेलासम्म कुनै निर्णय गरेको छैन । मुस्लिम धर्मावलम्वीका अगुवाहरुले आज चन्द्रमा देखिएको सरकारलाई जानकारी गराएमा भोलि बिदा दिइने गृह मन्त्रालय स्रोतले बताएको छ ।
तर मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज चन्द्रमा देखिएमा भोलि र नदेखिएमा पर्सि मात्रै इद मनाइने बताउनुभयो । उहाँले यो पर्व भोलि वा पर्सि कहिले मनाउने भन्ने कुरोको टुंगो आज बेलुकी ८ बजेपछि मात्र थाहा हुने जनआस्थालाई जानकारी दिनुभयो ।
टिप्पणीहरू