अछाममा जीप दुर्घटना, एसईई दिएर घर फर्केका दर्जन विद्यार्थी घाइते

अछाममा जीप दुर्घटना, एसईई दिएर घर फर्केका दर्जन विद्यार्थी घाइते

एसईई दिएर घर फर्किँदै गरेका विद्यार्थी चढेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । अछामको मेल्लेख गाउँपालिका ५ सरानीमा भएको दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

से १ज ९६५ नम्बरको जीप दुर्घटनामा विद्यार्थीहरु घाइते भएको अछामको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । साँफेबगरमा एसईई परीक्षा दिएर ठाँटीतर्फ जाँदै गरेको जीप भीरबाट तल खसेको हो ।

घाइते सबैको वयालपाटा अस्पतालमा उपचार भइरहेको छ । जीप चालक मोती खड्का फरार रहेको प्रहरीले जनाएको हो ।

टिप्पणीहरू