मासुको खपत बढेपछि वैज्ञानिकहरु चिन्तित

मासुको खपत बढेपछि वैज्ञानिकहरु चिन्तित

वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाकाे अतिरिक्त जलवायु परिवर्तनसँग लड्न सहयोग पुग्ने बताएका छन् । विश्वव्यापीरूपमा मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनसँग लड्न मद्दत मिल्ने एउटा नयाँ अध्ययनले देखाएको हो ।

यसको मतलब यो होइन कि आफ्नो आहारबाट मासु पूर्णरूपमा हटाउनु पर्छ । बरु, महत्वपूर्ण परिवर्तन आवश्यक छ । मासु व्यवसायले ठूलो वातावरणीय प्रभाव पारेको छ र पछिल्ला दशकहरूमा मानव आहारको आवश्यकताभन्दा धेरै मासुको माग बढेको छ ।

अध्ययन प्रतिवेदनका लेखक तथा बोन विश्वविद्यालयका प्रोफेसर डा. मतिन काइमका अनुसार सबै मानिसहरूले युरोपेली वा उत्तर अमेरिकीहरू जत्तिकै मासु उपभोग गर्ने हो भने अन्तर्राष्ट्रिय जलवायु लक्ष्यहरू गुम्नेछ र धेरै जैविक प्रणालीहरू ध्वस्त हुनेछन् ।

एनुअल रिभ्यु अफ रिसोर्स इकोनोमिक्समा प्रकाशित उक्त प्रतिवेदनमा भनिएको छ, ‘हामीले हाम्रो मासु खपतलाई आधा घटाउनुपर्छ, प्रतिवर्ष २० किलोग्राम वा त्योभन्दा कम ।

उत्तर अमेरिका, सामुद्रिक र युरोपका धनी देशहरूले प्रतिव्यक्ति सबैभन्दा बढी मासु खपत गर्ने गर्छन् । विश्लेषणअनुसार सन् २०५० सम्म मासुको माग बढिरहनेछ । मासुको अत्यधिक सेवनले स्वास्थ्य समस्या निम्त्याउने तथ्यका बाबजुद पनि यसको माग बढ्दो छ ।

टिप्पणीहरू