काठमाडौं विमानस्थलमा सेना तैनाथ, प्रहरी हटाइए
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजोदेखि नेपाली सेना तैनाथ गरिएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा कार्यरत नेपाल प्रहरीको सट्टा हिजोदेखि सेनालाई जिम्मेवारी दिइएको हो ।
आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका सुरक्षाकर्मी खट्नुपर्ने भएकाले विमानस्थलमा रहेका प्रहरीको सट्टा सेनालाई खटाइएको बताइएको छ ।
नेपाली सेनाको श्री कालिदल गणका विभिन्न दर्जाका सैनिकले हिजो बिहानदेखि आफ्नो कार्य थालेको विमानस्थल कार्यालयले जनाएको छ ।
टिप्पणीहरू