एमसीसीका उपाध्यक्षले भेट मात्रै होइन, कैंची पनि चलाए
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको भ्रमण सम्पन्न गरेर स्वेदश फर्केका छन् । अघिल्लो साता काठमाडौं आएका उनले राजनीतिक भेटघाटसँगै एमसीसीसँग सम्बन्धित केही कार्यक्रममा समेत सहभागी भएका हुन् ।
तीन सदस्यीय टोलीको नेतृत्व गर्दै वाशिंगटनबाट काठमाडौं आइपुगेका ब्रुक्सले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेटघाट र छलफल गरेका हुन् । उनले ती भेटघाटमा नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदनको निम्ति प्रभावकारी भूमिका खेलेकोमा सरकार, प्रधानमन्त्री र मन्त्री खड्का तथा कार्कीलाई अमेरिकी सरकारको तर्फबाट आभार व्यक्त गरेको बताइन्छ ।
सोही क्रममा उनले गत मंगलबार एमसीसीको सहयोगमा निर्मित सुपरपेभ विटुमिन प्रयोगशालाको उद्घाटन गरेका हुन् । ब्रुक्सले रिबन काटेर प्रयोगशालाको उद्घाटन गरेका थिए ।
टिप्पणीहरू