दोलखाका ढालबहादुरहरुले एमाले छाडे

दोलखाका ढालबहादुरहरुले एमाले छाडे

दोलखाको बैतेस्वोर–४, सिमचौरका आधा दर्जन एमाले नेता–कार्यकर्ता माओवादीमा लागेका छन् । चुनावको मिति नजिकिँदै गर्दा आज माओवादी उम्मेदवारहरुको घरदैलो अभियानका क्रममा उनीहरुले एमाले छाडेर माओवादी रोजेका हुन् ।

माओवादी प्रवेश गर्नेहरुमा ढालबहादुर बस्नेत, नरबहादुर रिजाल, ढालबहादुर खड्का, सुनिता बस्नेतलगायत रहेको माओवादी केन्द्रका तर्फबाट बैतेश्वरका अध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले बताए ।

टिप्पणीहरू