भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने !

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा मोदी १६ मेका दिन बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा रहेको उल्लेख गरेको छ ।

नेपालले भने त्यहि दिनदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने अड्कल गरिएको छ ।

सन् २०१९ मा प्रधानमन्त्रीमा पुनः निर्वाचित भएपछि मोदीको दोस्रो कार्यकलमा यो नै पहिलो नेपाल भ्रमण हुनेछ ।

टिप्पणीहरू