राजधानीमा मोबाइल चोरको बिगबिगी, २६ थान मोबाइलसहित गिरोह पक्राउ

राजधानीमा मोबाइल चोरको बिगबिगी, २६ थान मोबाइलसहित गिरोह पक्राउ

काठमाण्डौका विभिन्न स्थानबाट मोबाइल, क्यामरा र ल्यापटप चोरिको गुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको अपरेशन इको डेल्टाका कारण २६ थान मोबाइल, दुई थान क्यामरा र एक थान ल्यापटपसहित दुई जना समातिएका छन् ।

सोही क्रममा बालाजु नजिकैको पुरानो गुह्येश्वरीबाट ती सामानसहित दुई जनालाई हिजो साँझ पक्रेको बताइएको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ४, पुरानोगुह्येश्वरी घर भएका वर्ष ३० का सूर्य पुतुवार र धादिङको गंगाजमुना गाउँपालिका ३ घर भई हाल उक्त नगरपालिकाको सानोपुल बस्ने वर्ष १८ को मनोज थापा हुन् ।

उनीहरुबाट एचपी कम्पनीको ल्यापटप एक थान, क्यामेरा दुई थान र विभिन्न कम्पनी र मोडलका मोबाइल २६ थान बरामद भएको बताइन्छ । उनीहरुलाई आज काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

साथै प्रहरीले ती सामाग्रीहरु सम्बन्धित व्यक्तिलाई आवश्यक कागजात र प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेको छ ।

टिप्पणीहरू