खटाइएको ठाउँमा नजाने कर्मचारीलाई आयोगले नछाड्ने
निर्वाचन आयोग नेपालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारी सम्बन्धित ठाँउमा नगए कारबाही गर्न आयोगले निर्देशन दिएको छ । आयोगले अनिवार्य रूपमा आफू खटिएका ठाउँमा गई आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको हो ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीहरूलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न आयोगले निर्देशन दिएको हो ।
आयोगले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराउँदै काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई आज निर्देशन दिएको छ ।
टिप्पणीहरू