शीतल निवासमा डेढ दर्जनबढी पत्रकार पुरस्कृत

शीतल निवासमा डेढ दर्जनबढी पत्रकार पुरस्कृत

सरकारले २०७८ सालको वरिष्ठ पत्रकार सम्मानबाट पत्रकारद्वय किशोर नेपाल र तारानाथ दाहाललाई पुरस्कृत गरेको छ । सातौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र दाहाललाई जनही दुई लाख रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा एक लाख नगद राशिसहित दोसल्ला र प्रमाणपत्रद्वारा २०७८ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरुमा डिआर पन्त, इकवाल अहमत, गंगा बराल, ठाकुरप्रसाद बेल्वासे, बालकुमार नेपाल र सम्झना वन हुन् ।

त्यसैगरी २०७६ र २०७७ सालमा वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका पत्रकारहरूलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

टिप्पणीहरू