स्थानीय तहकै ज्येष्ठ जनप्रतिनिधि रहेनन्
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको मृत्यु भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा हिजो राति २ बजे आफ्नै निवासमा निधन भएको हो ।
गत ७ बैशाखमा उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए ।
१५ मंसिर १९९७ मा जन्मिएका उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । पञ्चायतकालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा मगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्ष भएका थिए ।
टिप्पणीहरू