माधव नेपाल भोलि लुभुमा एक्लै बोल्ने
सत्ता गठबन्धनले आयोजना गरेका संयुक्त चुनावी सभामा सहभागी हुँदै आएको नेकपा एकीकृत समाजवादीले भोलि छुट्टै आमसभा गर्ने भएको छ । ललितपुरको महालक्ष्मी नगर कमिटीले अध्यक्ष माधव नेपाललाई बोलाएर जनसभा गर्न लागेको हो ।
सभालाई दिउँसो साढे १२ बजे अध्यक्ष नेपालले कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी हुन पार्टीका कार्यकर्ता, समर्थक सबैलाई समाजवादीले आह्वान गरेको छ ।
ललितपुर महानगर बाहेक जिल्लाका सबै स्थानीय तहमा समाजवादी एक्लै चुनावी प्रतिस्पर्धामा छ ।
टिप्पणीहरू