भारतीय प्रधानमन्त्रीले चढ्ने बुलेट प्रुफ ४ वटा काला गाडी जहाज चढेर भैरहवामा
भारतीय प्रधानमन्त्रीले आगामी हप्ता लुम्बिनीमा चढ्ने बुलेट प्रुफ गाडी भैरहवामा ओरालिएको छ । ती गाडीलाई रसियन कार्गो हवाइजहाजमा राखेर भैरहवा पुर्याइएको हो । प्रधानमन्त्री मोदीको सुरक्षा दस्ता स्पेशल प्रोटेक्सन ग्रुप (SPG) ले ती गाडीलाई हिजो नयाँ दिल्लीबाट ल्याएको हो ।
यसैबीच आज साढे ११ बजे बुध्द एअरको उडानबाट दुई हप्ताअगाडि रेक्कीमा आएर भारतीय राजदूतावाससङ्गको समन्वयमा सुरक्षा स्थिति अवलोकन गरिरहेका अधिकृत प्रसन्न श्रीवास्तवलगायत पाँच जनाको टोली भैरहवा गएको छ । उक्त टोली पनि लुम्बिनीस्थित पवन प्यालेस होटलमा बसेको छ ।
हिजो पुगेको झण्डै चार दर्जन भारतीय सुरक्षाकर्मीहरुको टोली पनि त्यही होटलमा बसेको छ ।
टिप्पणीहरू