भन्सारका कर्मचारीको खुसुखुसु सरुवा भरमार

भन्सारका कर्मचारीको खुसुखुसु सरुवा भरमार

चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको बताइए पनि अर्थ मन्त्रालय मातहतका कर्मचारीको खुसुखुसु सरुवा भएको छ । मन्त्रीको सचिवालयले गरेको उक्त सरुवाबारे कहीँ–कतै अभिलेखसमेत नराखिएको बताइन्छ ।

स्रोत भन्छ, ‘अर्थमन्त्रीको सचिवालयबाट टेलिफोनको भरमा भन्सार विभागले खरिदार, सुब्बाको सरुवा गरेको छ । निर्वाचन आचारसंहितालाई अचार बनाइएको छ । सरुवा पनि एकमुष्ट गर्नुपर्नेमा फुत्त फुत्त गरेको देखिन्छ । सरुवाको बोधार्थ कहीँ–कतै खुल्दैन ।’

आफ्ना मान्छेलाई तान्ने र अर्कालाई घचेट्ने गरेपछि निजामती कर्मचारी संघ–संगठनका प्रतिनिधिले अस्ति आइतबार सचिवसँग कडिकडाउ कुरा गरेका थिए । ती सबै सरुवा चैत २४ गते अघिको मितिमा भएको देखाइएको उनीहरूको दाबी छ ।

टिप्पणीहरू