हराए काङ्ग्रेस कार्यकर्ता, समातिए माओवादी कामरेड

हराए काङ्ग्रेस कार्यकर्ता, समातिए माओवादी कामरेड

रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेटिएका छैनन् ।

थवाङ गाउँपालिका–४ उवा टिकरीबाङको झडपमा परी थवाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए ।

उनीहरु आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले बताएका छन् ।

घटनापछि थवाङ– ४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुध्दि रोका मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु माओवादी कार्यकर्ता हुन् ।

टिप्पणीहरू