स्ट्रेचरमा बोकिएर मतदानमा सामेल
ललितपुरको बाग्मती गाउँपालिकाका घाइतेलाई स्ट्रेचरमा बोकेर मतदानस्थल पुर्याइएको छ।
बाग्मती–५ का स्थानीय गोविन्द दर्लामी मगर साथीहरूको सहयोगमा भोट हाल्न मतदान केन्द्र पुगेका हुन् ।
उनले इकुडोलस्थित जनजागृति माविको मतदान केन्द्रबाट भोट खसालेर पाँच वर्षका लागि शासन गर्ने आफ्ना जनप्रतिनिधि छानेका हुन् ।
मतदानस्थल पुगेका उनले सकि नसकि भए पनि स्ट्रेचरको सहारामार्फत् मन परेको उम्मेदवारलाई चुन्न आएको बताए ।
टिप्पणीहरू