खिचडी गठबन्धन रहेको हुम्लाको खार्पुनाथमा झडप, १० जना घाइते

खिचडी गठबन्धन रहेको हुम्लाको खार्पुनाथमा झडप, १० जना घाइते

हुम्ला,खार्पुनाथ गाउँपालिकाको एउटा मतदान केन्द्रमा झडप भएको छ । भोट हाल्ने विषयमा विवाद हुँदा काँग्रेस–माओवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा भएको झडपमा १० जना घाइते भएको बताइएको छ ।

खार्पुनाथमा एमालेलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ भने माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरेका छन् ।

टिप्पणीहरू