उदयपुरमा गठबन्धनको जित, एमालेलाई घाटा
लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट उम्मेदवारहरुले विजयी शुरुवात गरेका छन् । सबैभन्दा दुर्गम मानिने लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकाहरुले जितेका छन् ।
निर्वाचन अधिकृतका अनुसार वडा नम्बर ४ बलम्तामा खसेको ९८७ मतमध्ये क्षेत्र राईले ४२८ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी वडा नम्बर ५ जाँतेका बसन्त भनिने कविचन्द्र राई खसेको ८५५ मतमध्ये ३०४ मत ल्याएर विजयी भएका छन् । यी दुवैका निकटतम प्रतिद्धन्दी एमाले उम्मेदवारहरु थिए । यस गाउँपालिकामा नेपाली काँग्रेस,जनता समाजवादी पार्टी र नेकपा माओवादीकेन्द्रवीच चुनावी गठबन्धन बनेको थियो ।
यी दुवै पालिकामा गठबन्धनकातर्फबाट माओवादी केन्द्रबाट हँसिया हथौडा चिन्ह भएका उम्मेदवार मेजर राईले ७०२ मत ल्याएर अग्रता कायम गरेका छन् भने सूर्य चिन्हका उम्मेदवार राजकुमार राईले ४५४ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका पुष्प राईले ५८८ मतसहित अग्रता कायम राखेका छन् । अग्रता कायम गर्ने राई निवर्तमान अध्यक्ष हुन् भने उपाध्यक्षमा उठेका राई नेपाली काँग्रेस गाउँपालिकाका सभापति हुन् । यस पालिकामा जम्मा ५ वडा रहेका छन् ।
टिप्पणीहरू