निर्वाचन र अख्तियार प्रमुखको जिल्लामा एमालेको अग्रता

निर्वाचन र अख्तियार प्रमुखको जिल्लामा एमालेको अग्रता

निर्वाचन आयोग र अख्तियारका प्रमुखद्वय दिनेश थपलिया र प्रेम राईको गृहजिल्ला संखुवासभाको धर्मदेवी नगरपालिकाबाट भर्खरै प्राप्त परिणामअनुसार मेयर पदमा एमाले उम्मेदवारले ११२ र नेपाली काँग्रेसका उम्मेदवारले ८० मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै उम्मेदवारले १०७ र नेपाली काँग्रेसका उम्मेदवारले ८३ मत ल्याएका छन् । हाल गणना भइरहेको वार्ड नम्बर १ को अध्यक्षमा भने एमाले उम्मेदवारले ११२ र नेपाली काँग्रेसले ७७ मत पाएका छन् ।

त्यस्तै महिला सदस्यमा एमाले १०९,काँग्रेस ८१,दलित सदस्यमा एमाले १०६,काँग्रेस ७७ मत प्राप्त गरेर अगाडि देखिएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा एमालेले १०५ र काँग्रेसले ८० मत पाएका छन् ।

त्यस्तै वडा नम्बर ९ मा एमालेबाट मेयरका उम्मेदवारले ९९, नेपाली काँग्रेसले ९० मत पाएका छन् । उपमेयरमा एमाले ८९ र काँग्रेस ९६ मत लिएर अगाडि देखिएका छन् ।

सोही वडाको अध्यक्षमा एमाले उम्मेदवारले १०३, नेपाली काँग्रेसले ९१ मत पाएको छ भने महिला सदस्यमा एमालेले ८९, काँग्रेसले ९६, दलित सदस्यमा एमाले ९५ र काँग्रेस ९१ मतका साथ अग्र स्थानमा देखिएका हुन् ।

खुल्ला सदस्यमा एमाले ७९ र काँग्रेस ९५ तथा अर्का खुल्ला सदस्यमा एमालेले ९२ र काँग्रेसले ८९ मत पाएको देखिएको छ ।

टिप्पणीहरू