दक्षिणकाली नगरपालिकामा पनि काँग्रेसको अग्रता, एमाले पछाडि
दक्षिणकाली नगरपालिकाको दुई वटा वडामा मत गणना भइरहेको छ । वार्ड नम्बर ९ कुल मत २१ सय १४ मध्ये १७ सय ७९ खसेको थियो । अहिलेसम्म १३०० मत गन्दा नेपाली काँग्रेस अगाडि देखिएको हो ।
उक्त वडाबाट मेयरमा काँग्रेसलाई ७७८, सूर्यमा ३८८, हलो २८ र छातामा ४६ मत गएको छ । त्यसैगरी उपमेयरमा रुख चिन्हमा ७७९ मत परेको छ भने सूर्यमा ३८८, हलोमा २७ र छातामा ४७ मत परेको हो ।
वडाध्यक्षमा पनि काँग्रेसको ७२३, एमालेको ४३२, राप्रपाको ३० र छातामा ५३ मत झरेको छ । महिला सदस्यमा नेपाली काँग्रेसको ६९६, एमालेको ४२७, हलोमा ५४ र छातामा ५३ मत परेको छ ।
त्यस्तै दलित महिला सदस्यमा रुख चिन्हमा ७०५, सूर्यमा ४२५, हलो ३९ र छातामा ५१ मत झरेको हो । खुल्ला सदस्यमा रुखमा ६९४, सूर्यमा ४०९, हलोमा ५६ र छातामा ६४ मत झरेको हो । अर्का खुल्ला सदस्यमा रुख चिन्हमा ६९३, सूर्यमा ४०९, हलोमा ३७ मत र छातामा ६४ मत झरेको छ । उक्त वडामा ३९ मत बदर भएको छ ।
त्यसैगरी वडा नम्बर १ मा कुल मतदाता २५०३ रहे पनि हिजो २०८१ मत झरेको थियो । हालसम्म १८०० मत गणना हुँदा उक्त वडामा पनि काँग्रेसले अग्रता लिएको छ । जसमा मेयरमा काँग्रेसले ७९६, सूर्यले ८०५, हलो ७१ र छातामा ३ मत परेको छ ।
उपमेयरमा रुख छापमा ८४१, सूर्य चिन्हमा ७६९, हलोमा ६७ र छातामा २ मत परेको छ । त्यस्तै वडाध्यक्षमा रुखमा ७२२, सूर्यमा ८६४, हलोमा ८७ मत खसेको पाइयो ।
दलित महिला सदस्यमा रुखमा ७०८, सूर्यमा ८२२ र हलोमा १०९ मत परेको छ भने खुल्ला सदस्यमा काँग्रेस ६२४, एमाले ८२२ र हलोले १०९ मत पाएको छ । त्यस्तै खुल्ला सदस्यमा रुख चिन्हमा ६०८, सूर्यमा ७६४ र हलोमा २६७ मत पाएको देखिएको हो ।
उक्त वडामा बदर मतको संख्या ४२ छ ।
टिप्पणीहरू