बैतडीमा हालसम्म एमाले र कांग्रेस बराबर
मतगणना सकिएको बैतडीका ६ मध्ये नेकपा एमाले र नेपाली कांग्रेस तीन-तीन वडामा विजयी भएका छन् ।
दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट विजयी भएका छन् । भट्ट निवर्तमान वडाध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्टलाई २४ मतले पराजित गर्दै विजयी भएका हुन् । विष्णुले ८ सय १४ मत प्राप्त गरेका थिए । यस्तै भुवनले ७ सय ९० मत ल्याए ।
पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन् ।
त्यस्तै, दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेका जयदत्त पन्त प्यानलसहित विजयी भएका छन् । जिल्लाको सुरनया गाउँपालिका वडा नम्बर १ मा एमालेका धनबहादुर चन्द विजयी भएका हुन् ।
जिल्लाका ३ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । पुर्चौडी नगरपालिका वडा नम्बर १० मा कांग्रेसका हिक्मत विष्ट विजयी भएका छन् । सिगास गाउँपालिका १ मा कांग्रेसकै रामचन्द्र ऐरी विजयी भएका छन् । त्यसैगरी जिल्लाको शिवनाथ गाउँपालिका १ मा कांग्रेसका बल्देब सिंह चाड विजयी भएका छन् ।
८४ वडा रहेको बैतडीका अन्य वडाको मत परिणाम आउन बाँकी रहेको छ ।
टिप्पणीहरू