बेथानचोकमा कांग्रेस, महाभारतमा माओवादी
काभ्रेको बेथानचोक गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मधुसुदन तिमिल्सिना विजयी भएका छन् ।
५०७ मत ल्याउँदै उनले जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार दण्डप्रसाद तिमिल्सिनाले ४९८ मत प्राप्त गरे ।
यता, महाभारत गाउँपालिका-१ मा नेकपा माओवादी केन्द्रको तर्फबाट कान्छामान जिम्बा (रोहित) विजयी भएका छन् ।
टिप्पणीहरू