डिजेल, पेट्रोल र मट्टितेलको भाउ एकैचोटी लिटरमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज रातिबाट लागू हुनेगरि बढाइएको भाउअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । यसअघि उक्त मूल्य प्रतिलिटिर १ सय ६० रुपैयाँ थियो ।
त्यसैगरी डिजेलको भाउ पनि बढाइएको छ । अब डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर १ सय ४३ रुपैयाँ थियो ।
टिप्पणीहरू