सुनिल स्मृतिमा तीनवटी श्रीमती बिहे गर्ने उम्मेदवारको अग्रता कायमै
माओवादी द्वन्द्वको आधार इलाका मानिने रोल्पाका विभिन्न स्थानीय तहमा पनि यतिबेला तीब्र रुपमा मतगणना भइरहेको छ । रोल्पाको सबैभन्दा महत्वपूर्ण र अर्थपूर्ण तरिकाले “नोटिस’ गरिएको सुनिलस्मृति गाउँपालिकामा पनि मतगणना चलिरहेको छ । पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो उक्त गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार मनिराम बुढाथोकीको अग्रता देखिन्छ ।
दोस्रो स्थानमा नेपाली काँग्रेसका उम्मेदवार गन्ज क्षेत्री छन् भने तेस्रो स्थानमा एमालेबाट उम्मेदवार बनेकी तारा सेन छिन् ।
त्यसो त, १० वर्षे लामो सशस्त्र संघर्षको बेला पश्चिमबाट सबैभन्दा ठूलो तहमा रहेको बेला शहीद हुने किमबहादुर थापा सुनिलको गाउँ पनि हो,यो पालिका । सुनिलले पाँचौ डिभिजन कमाण्डरको जिम्मेवारीमा रहेको बेला ज्यान गुमाएका थिए । गाउँपालिकाको नाम नै उनै सुनिलको सम्बोधनमा कायम गरिएको छ ।
यसअघिको निर्वाचनमा पनि गाउँपालिकामा माओवादी केन्द्रकै गुणेन्द्र घर्तीले नेतृत्व हात पारेका थिए । घर्ती यसपटक पनि दोहोरिने मूडमा थिए । तर पार्टी नेताले बुढाथोकीलाई अघि सारिदिए ।
मतगणनाको पछिल्लो तथ्याङ्कलाई अध्ययन गर्दा माओवादी उम्मेदवार बुढाथोकी पहिलो स्थानमा छन् । उनको अग्रताले पार्टीकै अन्य नेता तथा कार्यकर्तालाई उत्साहित बनाएको छ । तर बिडम्बना, गाउँपालिकाका स्थानीय जनता भने नेता बुढोथोकीको अग्रतासँग खासै सन्तुष्ट देखिएका छैनन् । बुढाथोकी आफैंमा विवादित भएकाले उनको नेतृत्व क्षमता पनि खासै बलियो नभएको स्थानीयहरुको ठम्याइ छ ।
वास्तवमा बुढाथोकीको चरित्रसँग तर्सिएका यहाँका जनताले कुनै अपेक्षा राखेका छैनन् ।
सुलिचौरका एक स्थानीयले नाम नखुलाउने शर्तमा जनआस्थासँग कुराकानी गर्दै भने, ’माओवादीले उम्मेदवार छनोटमा गम्भीर गल्ती गर्यो,मनिराम बुढाथोकीलाई टिकट दिएर । वास्तवमा उनी आफैले तीन वटा श्रीमती बिहे गरेर विवादित बनेका हुन् । पार्टीले फेरि अरु राम्रा र सक्षम उम्मेदवारलाई पाखा लगाएर मनिरामलाई नै टिकट दियो । उनी पैसावाल मान्छे हुन् । माथिल्लो तहका नेताहरुको गोजी भरिदिएर जबरजस्ती टिकट हात पारेका पनि हुनसक्छन् ।’
नैतिक रुपमा पतन भइसकेका बुढोथोकीले गाउँपालिकाको नेतृत्व गर्न नसक्ने स्थानीयहरुको दाबी छ । ती स्थानीयले थप्दै भने, ’मनिरामलाई पनि आफैंमा लाज लाग्नुपर्ने हो । तीनवटी श्रीमतीका उनी एक्ला श्रीमान हुन् भन्ने कुरा यहाँका जनतालाई राम्ररी थाहा छ ।’
टिप्पणीहरू