ललितपुर महानगरपालिकाको मेयरमा काँग्रेस, उपमेयरमा एमाले अगाडि
ललितपुर महानगरपालिकामा भइरहेको मतगणनाको पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ८७७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमालेले ४४४ मत र काँग्रेस उम्मेदवारले ३३० मत ल्याएका छन् । उपमेयरमा माओवादीका उम्मेदवारले १८१ मत पाएको देखिन्छ ।
ललितपुरमा हलो उम्मेदवारले मेयरमा १०८ र उपमेयरमा १८९ मत प्राप्त गरेका छन् ।
उक्त परिणाम १७ सय २६ मतगणनाबाट प्राप्त भएको हो ।
टिप्पणीहरू