महालक्ष्मीमा एमालेलाई दुई मतको अग्रता

महालक्ष्मीमा एमालेलाई दुई मतको अग्रता

ललितपुरको महालक्ष्मी नगरपालिकामा भइरहेको मतगणनामा नेकपा एमाले र कांग्रेस-माओवादी गठबन्धनबीच तीब्र प्रतिस्प्रर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ४ सय १० मत पाएका छन् भने उनका निकटम प्रतिस्प्रर्धी माओवादीका शिव कट्टेलले ४ सय ८ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार विना सुवेदीले ४ सय ६९ मत पाउँदा गठबन्धनतर्फबाट कांग्रेसकी लक्ष्मी महर्जनले ३ सय ४६ भोट पाएकी छिन् ।

महालक्ष्मी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

टिप्पणीहरू