गोकुल बाँस्कोटाको गृहनगरमा समाजवादीको अग्रता

गोकुल बाँस्कोटाको गृहनगरमा समाजवादीको अग्रता

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार टोक बहादुर तामाङ्गले अग्रता कायम राखेका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार तामाङले २६६० मत ल्याउदा उनलाई पछ्याइरहेका एमालेका उमेदवार बिदुर प्रसाद सापकोटाले २३७७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपमेयरका उमेदवार रहेका काँग्रेसका बिष्णुमणि नेपालले २८४६ मत ल्याएर अगाडि हुँदा एमालेकी सरिता ढकालले २१७७ मत ल्याएकी छिन् ।

एमालेका नेता तथा पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाको गृहनगर रहेको मण्डनदेउपुर नगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका हुन् ।

टिप्पणीहरू