पनौतीमा एमाले अघि, सत्ता गठबन्धन पछि
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु अगाडि देखिएका छन् । मेयर उम्मेदवार भीम न्यौपानेलाई सत्ता गठबन्धनबाट काँग्रेसका रामशरण भण्डारीले पछ्याइरहेका छन् । न्यौपानेले चार हजार ४०५ मत पाउँदा भण्डारीले तीन हजार ६११ मत प्राप्त गरेका छन् । उनीहरुबीच सात सय ९४ भोटको अन्तर देखिएको छ ।
यता,उपमेयरमा पनि एमाले नै अगाडि देखिएको छ । एमाले उम्मेदवार गीता बन्जाराले चार हजार एक सय ६८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईले तीन हजार दुई सय २६ मत ल्याएका छन् । बन्जारा र हुमागाईको मतान्तर नौ सय ४२ रहेको छ ।
टिप्पणीहरू